इजरायल–हमास युद्ध : इरानले कतारलाई भन्यो– द्वन्द्वको दायरा अझै फराकिलो हुनेछ
काठमाडौं । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलाह्यानले कतारी विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमानसँग इजरायल–हमास युद्धका सम्बन्धमा फोनमा कुराकानी गरेका छन् ।
इरानको विदेश मन्त्रालयले गाजामा इजरायली आक्रमणको निन्दा गर्दै गाजाको अवस्था ‘चिन्ताजनक’ भएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ कि दुई देशले इजरायलको आक्रमणलाई अन्त्य गर्न, तुरुन्त युद्धविराम लागू गर्न र घेराबन्दी र युद्धबाट पीडित गाजाका जनतालाई मानवीय सहायता उपलब्ध गराउन कसरी राजनीतिक माध्यम प्रयोग गर्ने भन्ने बारेमा छलफल गरेका छन् ।
दुवै मन्त्रीबीच युद्धविरामको विषयमा पनि कुराकानी भएको थियो ।
इरानका विदेशमन्त्री अब्दुलाह्यानले भनेका छन्, ‘गाजाका नागरिकहरू विरुद्ध तिव्र हुँदै गएको युद्धका कारण अहिले द्वन्द्वको दायरा बढाउने सम्भावना अपरिहार्य भएको छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment