‘ईसीयूलाई ट्याङ्कले हानियो, आईसीयूमा पाँच बालबालिका थिए’
काठमाडौं । गाजाका स्वास्थ्य सेवाहरू निरन्तर ध्वस्त भइरहेका छन्। यस्तो अवस्थामा अस्पताल चिहान बन्ने चिकित्सक र राहतकर्मीको दाबी छ ।
बीबीसी संवाददाता रुश्दी अबु अलोफका अनुसार इजरायली सेनाले गाजाको अल शिफा अस्पताललाई घेरेको छ । अस्पतालमा स्थित कर्मचारी र बिरामीको चासो बढेको छ ।
“यी अस्पतालहरूमा छोडिएका सबै बिरामीहरू मारिनेछन् र यी अस्पतालहरू चिहान बन्नेछन्,” डाक्टर मोहम्मद अबु मुगाइसेब, डाक्टर विदाउट बोर्डर्स (एमएसएफ) गाजाका उप चिकित्सा संयोजकले भने।
उनले बीबीसी वर्ल्ड सर्भिसको सप्ताहन्तको कार्यक्रममा गाजाको मुख्य बाल अस्पतालको आईसीयूलाई ट्याङ्कले निशाना बनाएको बताए । जसका कारण एमएसएफ टोली र अन्य कर्मचारीहरूले बिरामीहरूलाई छोड्नुपरेको थियो।
उनले भने, ‘चिकित्सा टोली अस्पतालबाट बाहिरिएको छ । त्यतिबेला आईसीयूमा पाँच बालबालिका थिए । अहिले ती बालबालिका अस्पतालमा एक्लै छन् । अस्पतालमा बम खसालिएको छ । यी बालबालिका मर्न सक्छन्।”
औषधिको अभाव भएको र एनेस्थेसियाविना शल्यक्रिया भइरहेको चिकित्सक अबुले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment