७ लाख मानिसहरू गाजाकाे युद्धग्रस्त क्षेत्रबाट भागे

डिसी नेपाल
२६ कार्तिक २०८० ८:४०
48
Shares

रियाद। अरब देश र मुस्लिम नेताहरूको शिखर सम्मेलन आयोजना गर्न साउदी राजकुमारको असाधारण कुटनीतिककाे प्रशंशा गरेका छन्।

यति सम्मकी उनको प्रयासले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई पहिलो पटक तेहरानबाट बाहिर ल्याउन उनी सफल भएको मिडिया रिपोर्टले जनाएको छ।

भेला भएका ५७ नेताहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई युद्धविराम लागू गर्न र गाजाका लागि निर्णायक र बाध्यकारी निर्णयहरू लिन आग्रह गरेका छन्। उनीहरुले इजरायलको भूमि आक्रमणले निर्दोष नागरिकहरूलाई मारिरहेकाे बताएका छन्।

शिखर सम्मेलनले गाजा क्षेत्रमा मानवीय सहायताका काफिलाहरू प्रवेश गर्न पनि आह्वान गरेको छ, जसले युद्ध क्षेत्रबाट बाँचेकाहरू बीचको तनाव कम गर्न मद्दत गर्दछ, सीएनएनले रिपोर्ट गरेको छ।

सो सम्मेलनका सहभागीहरुले युद्धग्रस्त गाजा क्षेत्रवाट लगभग ७ लाख मानिसहरू भागेका जनाएका छन्। सो क्षेत्रमा बसोवास गर्दै आएका विदेशी नागरिकहरू र घाइते नागरिकहरूसहितल झन्डै ७ लाख मानिसले सो क्षेत्र छाडेका छन्। अधिकांस मानिसहरु रफाह, इजिप्टको सीमाबाट पार गरेका थिए।

उता, मिडिया रिपोर्टहरूका अनुसार ठूलो संख्यामा नागरिकहरू अझै गाजामा छन् किनभने आईडीएफले आफ्नो विस्तारित भू-आक्रमणमार्फत गाजा शहरमा प्रवेश गर्न जारी राख्दा हमासले तिनीहरूलाई मानव ढालको रूपमा प्रयोग गर्न छाडेकाे छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *