लुटन टाउनमाथि म्यानचेस्टर युनाइटेड १-० ले विजयी

डिसी नेपाल
२६ कार्तिक २०८० ९:३७
20
Shares

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको ५९औं मिनेटमा भिक्टर लिनडेफलोफले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको सातौं जित हो। १२ खेलमा २१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगको छैटौं स्थानमा रहेको छ। त्यसैगरी लुटनटाउनको भने १२ खेलमा ६ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *