विश्वकपमा पाकिस्तानको हारपछि बाबर आजमको समर्थनमा शादाब, भने- मानसिकता बदल्नुहोस्
काठमाडौं । इंग्ल्याण्डसँग पराजित भएपछि पाकिस्तानको विश्वकप यात्रा रोकिएको छ । टोलीको खराब प्रदर्शनपछि हारको दोष कप्तान बाबर आजममाथि लगाइएको छ ।
उनलाई कप्तानबाट हटाउन माग भइरहेको छ । यस्ता माग गर्नेमा धेरै पूर्व क्रिकेटर पनि छन् ।
यद्यपि, टोलीका उपकप्तान शादाब खान उनको समर्थनमा उभिएका छन् र कप्तानलाई हटाउन माग गर्नेहरूलाई ‘आफ्नो सोच परिवर्तन गर्न’ भनेका छन्।
केही महिनाअघि पाकिस्तानी टोली आईसीसीको वरीयतामा पहिलो नम्बरमा थियो र विश्वकपको बलियो दावेदारमा गनिएको थियो तर यो टोली सेमिफाइनलसम्म पुग्न सकेन । पाकिस्तानी टोलीले सुरुवाती खेल जितेको थियो तर भारतसँग सात विकेटले पराजित भएपछि उसको गति बिग्रियो ।
पाकिस्तानले सन् २०२३ को विश्वकपमा नौ खेल खेलेको थियो र चार मात्रै जित्न सकेको थियो । पाकिस्तानले नेदरल्याण्ड, श्रीलंका, न्युजिल्यान्ड र बंगलादेशलाई मात्र पराजित गरेको छ ।
अफगानिस्तानसहित अन्य टोलीसँग पाकिस्तान पराजित भएको छ । टोलीको हरेक पराजयपछि बाबर आजमको कप्तानीको आलोचना हुने गरेको छ । अहिले उनलाई कप्तानबाट हटाउने माग बढ्दै गएको छ ।
हालैसम्म आईसीसी एकदिवसीय ब्याट्सम्यानको सुचीमा पहिलो नम्बरमा रहेका बाबर आजमले विश्वकपका ९ खेलमा ३२० रन मात्र बनाउन सकेका थिए ।
शादाब खानले बाबर आजमलाई समर्थन गर्दै टोलीको प्रदर्शन कप्तानको मात्रै जिम्मेवारी नभएको बताए ।
समाचार एजेन्सी पीटीआईका अनुसार उनले भने, ‘यस्तो सोच ठीक होइन । जब हामी जित्छौं, यसलाई कप्तानको जित भनिन्छ, तर जब हामी हार्छौं, यसलाई कप्तानको असफलता भनिन्छ।’
उनले भने, ‘यो सोच परिवर्तन हुनुपर्छ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment