भारतविरुद्ध सेमिफाइनलअघि न्यूजिल्याण्डका कप्तानले चेतावनी दिए- ‘मुम्बईमा जे पनि हुन सक्छ’

डिसी नेपाल
२९ कार्तिक २०८० ११:०४
880
Shares

काठमाडौं । विश्वकपको पहिलो सेमिफाइनलअघि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले भारतीय टोलीलाई मुम्बईमा ‘जे पनि हुनसक्ने’ चेतावनी दिएका छन् ।

दुवै टोली आज मुम्बईमा भिड्दैछन् । सन् २०२३ को विश्वकपमा अहिलेसम्म अपराजित रहेको भारतीय टोलीले न्युजिल्याण्डलाई लिग राउण्डमा पनि हराएको थियो ।

उक्त खेलमा केन विलियमसन खेलेका थिएनन् । त्यतिबेला उनी चोटका कारण प्लेइङ इलेभेनबाट बाहिर भएका थिए ।

खेलअघि मिडियासँग कुरा गर्दै केन विलियम्सनले भने, ‘यदि हामीले आफ्नो क्षमता अनुसार खेल्यौं भने जे पनि हुन सक्छ ।

आईसीसी प्रतियोगितामा न्युजिल्याण्डको भारतविरुद्धको रेकर्ड राम्रो छ । न्युजिल्यान्डले २०१९ विश्वकपको सेमिफाइनलमा भारतलाई हराएको थियो ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्यूजिल्याण्डले भारतलाई हराएको थियो ।

न्युजिल्यान्डका कप्तानले विश्वकपमा भारतीय टोलीको प्रदर्शन विशेष रहेको तर सेमिफाइनलमा दुवै टोलीले बराबरी खेल्ने सम्भावना रहेको बताए ।

उनले भने, “हामीलाई थाहा छ कि यदि दिन हाम्रो हो र हामीले राम्रो प्रदर्शन गरिरहेका छौं भने हामीसँग राम्रो मौका छ।”

मुम्बईमा हुने सेमिफाइनलका सबै टिकट बुक भइसकेका छन् र अधिकांश दर्शकले भारतीय टोलीलाई समर्थन गरिरहेका छन् ।

यस अवस्थाको बारेमा विलियमसनले भने, “हामी सेमिफाइनलमा पूरै रंगशाला नीलो (भारतीय जर्सीको रंग) हुनेछ भन्ने आशा गर्छौं। हाम्रो टोलीका खेलाडीहरूसँग हरेक परिस्थितिमा खेल्ने अनुभव छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *