अर्जेन्टिनाकाे पहिलाे हार, उरुग्वेसँग हार्याे अर्जेन्टिना
काठमाडौं। विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ। शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो।
उरुग्वेको जितमा रोनाल्ड अराउजो र डरविन नुनेजले एक एक गोल गरेका थिए। यो गत बर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो।
साथै विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो। ५ खेलमा १२ अंक हासिल गरेको अर्जेन्टिना हारपछि पनि अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।
त्यस्तै यो जितपछि उरुग्वे ५ खेलमा १० अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
प्रतिक्रिया
Facebook Comment