विश्वकपको फाइनल जित्ने टोलीले कति पुरस्कार पाउँछ ?

डिसी नेपाल
२ मंसिर २०८० ९:५३

काठमाडौं । विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबीच आइतबार अहमदाबादमा खेल हुँदैछ । विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो ।

प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताको उपाधि जित्ने प्रयास दुवै टोलीले गर्नेछन् । तर, यहाँ विश्वकप ट्रफी मात्रै होइन ठूलो पुरस्कार रकम पनि दाउमा छ ।

यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर पाउनेछन् । नेपाली रुपैयाँमा यो रकम करिब ५३ करोड रुपैयाँ हुन्छ।

जबकि उपविजेताले २० लाख अमेरिकी डलर अर्थात २६.५ करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् ।

लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् ।

यसका साथै लिग चरणमा १० वटै टोलीबीच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *