विश्वकपको फाइनल हेर्न भारतका प्रधानमन्त्री र अस्ट्रेलियाका उपप्रधानमन्त्री अहमदाबाद जाने

डिसी नेपाल
२ मंसिर २०८० ११:२२

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्स पनि आइतबार हुने विश्वकपको फाइनलको मजा लिन अहमदाबाद जानेछन् ।

समाचार एजेन्सी पीटीआईले यो जानकारी दिएको छ। एएनआईले गुजरातको मुख्यमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । मुख्यमन्त्रीले सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिएको बताइएको छ ।

यो खेल विश्वको सबैभन्दा ठूलो स्टेडियम नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

भारत विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ भने अष्ट्रेलियाले पहिलो दुई खेलमा हार बेहोरेपछि अन्तिम आठ खेलमा हार बेहोरेको छैन ।

यस्तो अवस्थामा आइतबारको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *