महिला टी-२० सिरिज : जापानसामु जितका लागि ११६ रनको लक्ष्य

डिसी नेपाल
३ मंसिर २०८० ९:५५
124
Shares

काठमाडौं। चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि अहिले खेल भइरहेको छ। नेपालले जापानसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनायो। नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन्।

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन्।

अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ। केहीबेर अघिसम्मको खेलमा जापानले १४ ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ। बलिङतर्फ नेपालकी सङ्गिता राई र इन्दू बर्माले एक एक विकेट लिएकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *