जीब्रालटारविरुद्ध फ्रान्सको शानदार जित, ९ खेलाडीले गरे १४ गोल

डिसी नेपाल
३ मंसिर २०८० १०:०३
352
Shares

काठमाडौं। युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जीब्रालटारविरुद्ध १४ गोल गरेको छ। समूह बी अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जीब्रालटारलाई १४-० गोल अन्तरले पराजित गरेको हो।

जिब्रालटारविरुद्ध फ्रान्सका ९ खेलाडीले गोल गरेका थिए। जसमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिराउड र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए।

त्यस्तै मार्कस थुराम, वारेन जैरे एमेरी, जोनाथन क्लाउस, योउसोउफ फोफना, एड्रीयन राबिओट र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए।

त्यसैगरी जिब्रालटारक इथान सान्तोसले एक गोल आत्मघाती गोल गरेका थिए। यस खेलमा जिब्रालटारका इथान सान्तोसले खेलको १८औं मिनेटमा रातो कार्ड पाएका थिए।

यो जितपछि फ्रान्स समूह बी मा अपराजित रहँदै ७ खेलमा २१ अंक हासिल गरेको छ। फ्रान्स यसअघि नै युरो कप २०२४ मा छनौट भइसकेको छ।

त्यस्तै जिब्रालटारले भने समूह बी मा खेलेका सातै खेलमा हार बेहोरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *