विश्वकप फाइनल: यी अम्पायरको नाम सुनेपछि भारतीय फ्यान किन आत्तिए ? सामाजिक सञ्जालमा के छ चर्चा ?

काठमाडौं । आईसीसी विश्वकप २०२३ को फाइनल आज गुजरातको अहमदाबादमा हुँदैछ । आयोजक भारत र अष्ट्रेलियाको टोली आमनेसामने हुनेछन् ।
फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलब्रो र रिचर्ड इलिंगवर्थले अम्पायरिङ गर्नेछन् । अम्पायरको नाम घोषणा हुनासाथ भारतीय फ्यानहरुको बेचैनी बढेको छ ।
सामाजिक सञ्जालमा पनि, मानिसहरूले रिचर्ड केटलब्रो र रिचर्ड इलिंगवर्थको बारेमा धेरै लेखिरहेका छन्।
यसको कारण हो – यसअघि रिचर्ड केटलब्रोले अम्पायरिङ गरेका महत्वपूर्ण आईसीसी नकआउट खेलमा भारतीय टोलीले हार बेहोरेको छ ।
एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई हराएको थियो, त्यो खेलमा पनि केटलब्रो अम्पायर थिए।
केटलब्रो अम्पायर हुँदा एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो । यसपछि टी–२० विश्वकप २०१६ को सेमिफाइनलमा वेस्ट इन्डिजले भारतलाई पराजित गरेको थियो ।
च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो । विश्वकप २०१९ को सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई पराजित गरेको थियो । यी सबै खेलमा केटलब्रो अम्पायर थिए ।
Facebook Comment