विश्वकप फाइनल : टस जित्ने टोलीलाई खेल जित्न सहज हुन सक्ने
काठमाडौं । आज भारत र अष्ट्रेलियाबीच हुने फाइनल खेलमा टसको नतिजाले धेरै हदसम्म खेलमा प्रभाव पार्न सक्छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको पिचमा टस जित्नु कुनै पनि टोलीका लागि महत्त्वपूर्ण कारक हुनेछ। टस जित्ने टोलीले पहिले ब्याटिङ गर्न चाहन्छ । किनभने कुनै पनि टोली ठूलो स्कोर पछ्याउने दबाबको सामना गर्न चाहँदैन।
अहमदाबादको पिचमा रोलर राम्रोसँग चलाइएको छ। पिचमा कुनै घाँस छैन र यो समतल छ।
यसले ब्याट्सम्यानलाई मद्दत गर्न सक्छ। तर यो पनि ध्यानमा राख्नुपर्छ कि विश्वकपका पछिल्ला तीन फाइनलहरू पछि ब्याटिङ गर्ने टोलीले जितेका छन्।
प्रतिक्रिया
Facebook Comment