चारदेशीय महिला टी-२० सिरिज हङकङले जित्यो

डिसी नेपाल
३ मंसिर २०८० १६:००

काठमाडौं। हङकङले चारदेशीय महिला टी-२० सिरिजको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा तान्जानियालाई ५ विकेटले पराजित गर्दै हङकङले सिरिज जितेको हो ।  तान्जानियाले दिएको ८५ रनको लक्ष्य पछाएको हङकङले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि तान्जानियाले पहिला ब्याटिङ गर्दै १८.४ ओभरमा अल आउट हुदै ८४ रन बनाएको थियो ।

यस सिरिजमा नेपाल भने आजै भएको तेस्रो स्थानको खेलमा जापानलाई पराजित गर्दै तेस्रो भएको थियो ।  यस सिरिजमा जापान भने कुनै पनि खेल जित्न असफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *