‘फ्री प्यालेस्टाइन’ टिसर्ट लगाएर एक व्यक्ति मैदानमा छिरेपछि फ्यानहरू आक्रोशित

डिसी नेपाल
३ मंसिर २०८० १६:३९

काठमाडौं । भारत–अष्ट्रेलिया विश्वकपको फाइनल खेलका क्रममा एक दर्शक अचानक मैदान भित्र पसे ।

‘फ्री प्यालेस्टाइन’ टि-सर्ट लगाएका र झण्डा बोकेका यी दर्शक मैदानमा विराट कोहलीको नजिक पुगेका थिए ।

केही समयमै सुरक्षाकर्मीले उक्त व्यक्तिलाई समातेर फिर्ता लगे तर सुरक्षाको हिसाबले यो ठूलो गल्ती भएको बताइएको छ ।

सामाजिक सञ्जालमा समेत क्रिकेट फ्यानले यसलाई गैरजिम्मेवार भनेका छन् ।

आशिष नामका व्यक्तिले लेखेका छन्, “नरेन्द्र मोदी स्टेडियममा सुरक्षा कमजोरी, कर्मचारी र सुरक्षा यति गैरजिम्मेवार छ, यो कसरी हुन सक्छ? यो विश्वकपको फाइनल हो, सडक क्रिकेट खेल होइन।”

जहाँ प्रितेश शाह लेख्छन्, ‘यो एकदमै गलत हो । फ्यान कसरी भित्र पस्न सक्छ? नरेन्द्र मोदी रंगशालाका कर्मचारी र सुरक्षा निकै गैरजिम्मेवार छन् ।’

स्टेडियमको तस्विर सेयर गर्दै अर्का प्रयोगकर्ताले यस्तो कसरी हुन सक्छ भनेर लेखेका छन् । खेलको बीचमा दर्शकको आगमन सुरक्षा कमजोरीको गम्भीर विषय हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *