‘फ्री प्यालेस्टाइन’ टिसर्ट लगाएर मैदानमा विराट कोहलीलाई समात्ने व्यक्ति अस्ट्रेलियाका नागरिक

डिसी नेपाल
४ मंसिर २०८० १०:३७

काठमाडौं । भारत–अष्ट्रेलिया विश्वकपको फाइनल खेलका क्रममा रंगशाला प्रवेश गरेका व्यक्तिलाई अहमदाबादको चाँदखेडा प्रहरी चौकीमा ल्याएको छ ।

‘फ्री प्यालेस्टाइन’ को टी–सर्ट लगाएका र झण्डा बोकेर मैदानमा विराट कोहलीको नजिक आएका यी दर्शकलाई केही समयपछि सुरक्षाकर्मीले समातेका थिए ।

समाचार एजेन्सी एएनआईले सोशल मिडिया प्लेटफर्म एक्समा एक भिडियो पोस्ट गरेको छ, जसमा यो व्यक्तिलाई पुलिसले लगेको छ।

यो भिडियोमा ती व्यक्तिले आफ्नो नाम जोनसन बताइरहेका छन् । उनी अष्ट्रेलियाबाट आएको र मैदानमा विराट कोहलीलाई भेट्न गएको बताए ।

उनले आफू प्यालेस्टाइनको समर्थक भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *