ट्राभिस हेड भन्दा पहिले विश्वकपको फाइनलमा कुन-कुन खेलाडीले शतक प्रहार गरेका छन् ?

डिसी नेपाल
४ मंसिर २०८० १२:००

काठमाडौं । ट्राभिस हेडले भारत र अष्ट्रेलियाबीचको फाइनल खेलमा शतक बनाएका छन् । यसअघि विश्वकपको फाइनल खेलमा शतक पूरा गर्ने खेलाडीको सूची यस्तो छ ।

सन् १९७५ को विश्वकपको फाइनल खेलमा वेस्ट इन्डिजका कप्तान क्लाइभ लोयडले अस्ट्रेलियाविरुद्ध ८५ बलमा १०२ रन बनाएका थिए । यो खेल लर्ड्समा खेलिएको थियो ।

सन् १९७९ को विश्वकपको फाइनल खेलमा वेस्ट इन्डिजका भिभियन रिचर्ड्सले इंग्ल्याण्डविरुद्ध १३८ रन बनाएका थिए । यो खेल पनि लर्ड्समै खेलिएको थियो ।

सन् १९९६ मा लाहोरमा भएको फाइनलमा श्रीलंकाका अरविन्द डी सिल्भाले फाइनलमा अस्ट्रेलियाविरुद्ध १०७ रन बनाएका थिए ।

सन् २००३ मा जोहानेसबर्गमा भएको फाइनलमा अस्ट्रेलियाका कप्तान रिकी पोन्टिङले भारतविरुद्ध १४० रन बनाएका थिए ।

सन् २००७ मा ब्रिजटाउनमा भएको फाइनलमा अस्ट्रेलियाका खेलाडी एडम गिलक्रिस्टले श्रीलंकाविरुद्ध १४९ रन बनाएका थिए ।

सन् २०११ मुम्बइको वानखेडे मैदानमा भएको फाइनलमा श्रीलंकाका खेलाडी महेला जयवर्धनेले भारतविरुद्ध शतक (१०३ रन) बनाएका थिए ।

यी सबै शतकमध्ये २०११ मा महेला जयवर्धनेको शतक मात्र खेर गयो । अन्य सबै शतक बनाउने खेलाडीको टिमले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *