विश्वकप छनोट : यमनसँग नेपाल पराजित

डिसी नेपाल
५ मंसिर २०८० २१:०९

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोटमा नेपालले यमनसँग हार व्यहोरेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित भएको खेलको दोस्रो हाफमा यमनले नेपाललाई दुई गोल हानेको हो । यमनका ओमार अल दाही र मोहम्मद अब्दुल्लाह अल दाहीले एक एक गोल प्रहार गरे । खेलको ७२ औँ मिनेटमा ओमारको गोलबाट अग्रता लिएको यमनका लागि ९० औँ मिनेटमा मोहम्मद अल दाहीले गोल गर्दै अग्रता दोब्बर पारे ।

याे नेपालकाे लगातार दाेस्राे हार हाे ।  यसअघि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *