टी-२० सिरिज: अस्ट्रेलियाविरुद्ध भारतको विजयी शुरुवात
काठमाडौं। भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। विहिबारदेखि शुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो।
अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। भारतकालागि यस सिरिजमा कप्तानी गरिरहेका सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाएका थिए भने इशान किशनले ५८ तथा रिंकु सिंहले १४ बलमा २२ रन बनाएका थिए।
यसअघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाउदै २०८ रन बनाएको थियो। अस्ट्रेलियाका लागि जोश इन्लिसले ५० बलमा ११० रन बनाएका थिए भने स्टिभ स्मिथले ५२ रन बनाएका थिए।
यो जितपछि भारतले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब सिरिजको दोस्रो खेल आइतबार हुने तालिका रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment