हार्दिक पाण्ड्यालाई बेचेपछि गुजरात टाइटन्सले शुभमन गिललाई नयाँ कप्तान बनायो

डिसी नेपाल
११ मंसिर २०८० १६:४६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम गुजरात टाइटन्स (जीटी) ले आफ्नो नयाँ कप्तानको घोषणा गरेको छ ।

भारतको राष्ट्रिय टोलीका स्टार ओपनर शुभमन गिल अब आईपीएलको आगामी सिजनमा गुजरात टाइटन्सको कप्तान हुनेछन् । हार्दिक पाण्ड्या मुम्बई इन्डियन्स (एमआई) मा गएपछि गुजरात टाइटन्सले यो ठूलो निर्णय गरेको हो ।

गुजरात टाइटन्सका क्रिकेट निर्देशक विक्रम सोलंकीले भने, ‘शुभमन गिलले पछिल्लो दुई वर्षमा खेलको उच्च स्तरमा उल्लेखनीय प्रगति गरेका छन्। हामीले उनलाई ब्याट्सम्यानको रूपमा मात्र नभई क्रिकेटमा एक नेताको रूपमा पनि परिपक्व देखेका छौं। मैदानमा उनको योगदानले गुजरात टाइटन्सलाई बलियो टोलीको रूपमा उभिन मद्दत गरेको छ। उनको परिपक्वता र कौशल उनको मैदानमा प्रदर्शनमा स्पष्ट देखिन्छ। हामी उनलाई कप्तान बनाउन उत्साहित छौं।’

शुभमन गिल आईपीएल २०२३ मा सर्वाधिक रन बनाउने खेलाडी थिए र उनले ओरेन्ज क्याप जितेका थिए। गिलले १७ खेलमा ५९.३३ को औसतमा ८९० रन बनाएका थिए । केन विलियम्सन पनि गुजरात टाइटन्सको कप्तान बन्ने दौडमा थिए तर भविष्यलाई ध्यानमा राख्दै फ्रेन्चाइजले यी युवा भारतीय खेलाडीलाई महत्व दिएको छ ।

२४ वर्षीय शुभमन गिलले सन् २०१८ मा कोलकाता नाइट राइडर्स (केकेआर) बाट आईपीएलमा डेब्यु गरेका थिए। गिलले आफ्नो आईपीएल करियरमा अहिलेसम्म ९१ खेल खेलेका छन् जसमा उनले ३७.७० को औसतमा २७९० रन बनाएका छन् ।

यस अवधिमा उनले ३ शतक र १८ अर्धशतक प्रहार गरेका छन् । उनको आईपीएलमा सर्वाधिक १२९ रन रहेको छ । शुभमन गिलले आफ्नो आईपीएल करियरमा २७३ चौका र ८० छक्का प्रहार गरेका छन् । आईपीएल २०२३ को लिलामी अघि गिललाई गुजरात टाइटन्सले ८ करोड भारुमा अनुबन्ध गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *