लमजुङमा १२ पुसदेखि ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी फुटवल  प्रतियोगिता हुने

डिसी नेपाल
१२ मंसिर २०८० १६:२६

लमजुङ। लमजुङमा जिल्लाकै सर्वाधिक धनराशिको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल  प्रतियोगिता आगामी पुस दोस्रो सातादेखि हुने भएको छ ।

१२ पुसबाट प्रतियोगिता  सञ्चालन हुन लागेको हो । क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको  छ।

प्रतियोगितामा उपविजेताले नगद ४ लाख पाउनेछ् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १र१ लाख दिइने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०र२० हजार रुपैयाँ पाउनेछन् ।  टिम दर्ता शुल्क २० हजार रुपैयाँ राखिएको छ।

जिल्लामा फुटवल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष घिमिरेले बताए ।

क्लवले यसवर्षको त्रिवेणी कप फुटवल प्रतियोगिता सञ्चालनका लागी ४७ लाख १० हजार अनुमानित खर्च हुने जनाएको छ ।  गतवर्ष पुरस्कार ५ लाख रुपैँया थियो । ३१औं संस्करणको प्रतियोगीता बेँसीसहरस्थित सहजी खेल मैदानमा सञ्चालन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *