टी- २० विश्वकपमा छनोट भयो नामिबिया

डिसी नेपाल
१२ मंसिर २०८० १८:१८

काठमाडौं । नामिबिया २०२४ को टी–२० विश्वकपका लागि छनोट भएको छ । मंगलबार नामिबियाले तान्जानियालाई ५८ रनले पराजित गर्दै २०२४ को टी–२० विश्वकपका लागि अफ्रिकी छनोटबाट आफ्नो स्थान सुरक्षित गरेको हो ।

नामिबियाका विश्वकप छनोटमा यो लगातार पाँचौं जित हो । ५ जितमा १० अंक हासिल गरेको नामिबिया शिर्ष स्थानमा रहेको छ र अब छनौट अन्तर्गत एक खेल खेल्न बाँकी रहदै विश्वकपका लागि स्थान पक्का गरेको छ ।

नामिबियाले अब बिहिबार नाइजेरियासँग खेल्ने तालिका रहेको छ ।

त्यस्तै अब अफ्रीका क्षेत्रबाट अर्को एक स्थानका लागि युगाण्डा, केन्या र जिम्बाबे प्रतिष्पर्धामा रहेका छन् । युगाण्डा र केन्याको ४–४ खेलमा ६–६ अंक रहेको छ र दुवैको सम्भावना उत्तिकै रहेको छ । अहिले रनरेटको आधारमा युगाण्डा दोस्रो र केन्य तेस्रो स्थानमा रहेका छन् । त्यस्तै जिम्बाबेको ४ खेलमा ४ अंक रहेको छ र विश्वकप छनोटको सम्भावना कायमै रहेको छ ।

अफ्रीका छनोटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनोटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *