नेपाल सुपर लिग फुटबल : काठमाडौं र चितवनको खेल बराबरीमा सकियो

डिसी नेपाल
१२ मंसिर २०८० २१:३०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक विजेता काठमाडौं रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने चितवनले लियो । चितवनले खेलको ८६ औँ मिनेटमा गोल पहिलो अग्रता लियो । चितवनका लागि नवयुग श्रेष्ठले गोल गरे । तर चितवनको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा काठमाडौंले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । काठमाडौंका जुनियर एकेनगुएले एक गोल फर्काएर खेललाई बराबरीमा ल्याएका हुन् । यससँगै काठमाडौँले प्रतियोगितामा दुई खेलबाट ४ अङ्क जोडेको छ ।

चितवनले भने १ अङ्क जोडेको छ । काठमाडौंले पहिलो खेलमा इलामलाई पराजित गर्दै विजयी भएको थियो । यता चितवन भने पोखरासँग पराजित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *