केपी ओली टी-२० को फाइनल आज, मधेस प्रदेश र आर्मी भिड्दै
पोखरा। पोखरामा जारी ‘केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।
फाइनलमा मधेस प्रदेश र नेपाल आर्मी आज भिड्दै छन्। पोखरा रंगशालामा हुने यो खेल साढे १२ बजेदेखि शुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जानकारी दिएको छ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा मधेस प्रदेशले एपीएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो। त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो।
प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ।
प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ। प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment