दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा
काठमाडौं। दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट टिमको कप्तान रोहित शर्मा, एकदिवसीय टिमको कप्तान केएल राहुल र टी-२० टिमको कप्तानको जिम्मेवारी सूर्यकुमार यादवलाई दिएको छ।
दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीले डिसेम्बर १० देखि सुरु हुने तीन टी-२०, तीन एकदिवसीय र दुई टेष्ट खेलको सिरिज खेल्नेछ।
बोर्डका अनुसार रोहित शर्मा र विराट कोहलीले एकदिवसीय र टी-२० सिरिज नखेल्ने भएको जानकारी दिएको छ। रोहित र विराटले ह्वाइट बल क्रिकेटबाट केहि समयको बिश्राम मागेको बोर्डले बताएको छ। त्यस्तै आजिख्य रहाणे र चेतेश्वर पुजाराले टेष्ट टिममा स्थान पाएका छैनन्।
टेस्ट टिम: रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, रुतुराज गायकवाड, इशान किशन (विकेटकिपर), केएल राहुल (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद सिराज, मुकेश कुमार, मोहमद शामी, जसप्रित बुमराह (उपकप्तान) र प्रसिद्ध कृष्ण
टी-२० टिम: सूर्यकुमार यादव (कप्तान), रविन्द्र जडेजा (उपकप्तान), यशस्वी जैसवाल, शुभमन गिल, रुतुराज गायकवाड, तिलक वर्मा, रिंकु सिंह, श्रेयस अय्यर, इशान किशन (विकेटकिपर), जितेश शर्मा (विकेटकिपर),, रविन्द्र जडेजा (उपकप्तान), वाशिंगटन सुनिता, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, मोहम्मद सिराज, मुकेश कुमार र दीपक चहर।
एकदिवसीय टिम: केएल राहुल (कप्तान), रुतुराज गायकवाड, साई सुदर्सन, तिलक वर्मा, रजत पाटीदार, रिंकु सिंह, श्रेयस अय्यर, सञ्जु सैमसन (विकेटकीपर), अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, युजवेन्द्र चहल, मुकेश कुमार, आवेश खान , अर्शदीप सिंह र दीपक चहर।
No ads found for this position


डिसी नेपाल
Facebook Comment