डियाज र रोड्रीगोको गोलमा रियल म्याड्रिड विजयी
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ग्रानडालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा ब्राहिम डियाज र रोड्रीगोले एक एक गोल गरेका थिए।
यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। रियलको १५ खेलमा ३८ अंक भएको छ। त्यस्तै १५ खेलमा ३८ अंक नै रहेको गिरोना गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ।
त्यसैगरी ग्रानडाको भने १५ खेलमा ७ अंक रहेको छ र अंक तालिकामा १९औं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment