अष्ट्रेलियासँगको अन्तिम टी-२० खेलमा भारत विजयी

डिसी नेपाल
१८ मंसिर २०८० ८:३२

काठमाडौं। अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी-२० खेलमा भारत विजयी भएको छ। बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो। भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो।

त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको थियो। घरेलु टोली भारतले पाँच खेलको टि-२० शृङ्खला एक खेल अगावै जितिसकेको थियो। चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला आफ्नो पक्षमा पारेको हो।

भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो। यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *