नवीन उल हकसँग झगडापछि पाकिस्तानी खेलाडीले कोहलीलाई सन्देश पठाएको दाबी

डिसी नेपाल
१८ मंसिर २०८० १३:००

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को मे १ मा लखनउ सुपर जाइन्ट्स (एलएसजी) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बीचको खेल विवादले भरिएको थियो।

उक्त खेलमा आरसीबी १८ रनले विजयी भएको थियो । खेल भन्दा पनि यो खेल विराट कोहली र नवीन उल हकबीचको लडाई, त्यसपछि कोहली र गौतम गम्भीरको ‘विवाद’ का कारण इतिहासमा रेकर्ड भएको थियो।

अहिले पाकिस्तानका ओपनिङ ब्याट्सम्यान इमाम उल हकले त्यो घटनालाई याद गरेका छन् । घटनापछि पाकिस्तानी खेलाडी सलमान अली आगाले इन्स्टाग्राममा विराट कोहलीलाई सन्देश पठाएको इमामले दाबी गरेका छन् ।

यो घटनापछि बीसीसीआईले कोहली-गम्भीरलाई खेल शुल्कको शतप्रतिशत जरिवाना लगाएको थियो। जहाँ नवीन उल हकको ५० प्रतिशत म्याच फी कटाइएको थियो ।

इमाम उल हकले पोडकास्टमा भने, ‘मलाई याद छ कि आईपीएलको समयमा विराट कोहलीको अफगानिस्तानका बलर नवीन उल हकसँग झगडा भएको थियो । यो एक भयंकर झगडा थियो जुन खेल पछि पनि जारी रह्यो र गौतम गंभीर पनि सामेल भए। यो भाइरल भएपछि विराट कोहली निकै रिसाए । यो घटनापछि सलमान आगाले उनलाई इन्स्टाग्राममा म्यासेज गर्दै भने– कोहली भाई, सहज बनाउनुहोस् ।’

इमामले कसरी विराट कोहली र शादाब खान राम्रो साथी बने भन्ने पनि बताए । इमाम भन्छन्, ‘विराट एकदमै रमाइलो मान्छे हो किनभने उनी दिल्लीका हुन्। उनी प्रायः पञ्जाबीमा बोल्छन् । हामीले पछिल्लो दुई वर्षमा भारतसँग धेरै क्रिकेट खेलेकाले शादाब र उनीबीच राम्रो सम्बन्ध छ ।’

अब कोहली र नवीनबीचको तिक्तता पूर्ण रूपमा समाप्त भइसकेको छ र दुवै अहिले साथी बनेका छन् । भर्खरै विश्वकप क्रिकेटमा भारत र अफगानिस्तानको खेलमा यी दुई मित्र बनेका थिए ।

त्यो म्याचको क्रममा विराटले दर्शकलाई इशारा गर्दै नवीनलाई उक्साउनबाट रोकेका थिए । त्यसपछि केही समयपछि उनले नवीनलाई मैदानको बीचमा अँगालो हालेका थिए । खेलपछि पनि विराट र नवीनबीच कुराकानी भएको थियो ।

विराट र नवीनको मित्रतामा गौतम गम्भीरको प्रतिक्रिया आएको थियो । कमेन्ट्रीका क्रममा गम्भीरले भनेका थिए कि खेलाडीहरूबीचको झगडा मैदानमा मात्र हुन्छ, बाहिर होइन।

उनले आफ्नो टिम, सम्मान र जितका लागि लड्नु हरेक खेलाडीको कर्तव्य भएको बताए । चाहे त्यो खेलाडी जुनसुकै होस् । गम्भीरले भने, ‘म दर्शकहरूलाई भन्न चाहन्छु कि कुनै खेलाडीलाई जिस्काउनु वा फरक नामले बोलाउनु आवश्यक छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *