एनएसएल : वीरगन्ज युनाइटेड र झापाबीचको खेल गोलरहित बराबरीमा

डिसी नेपाल
२२ मंसिर २०८० १९:२७

काठमाडौं । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत वीरगन्ज युनाइटेड एफसी र झापा एफसीबीचको खेल बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा वीरगन्ज युनाइटेड र झापा गोलरहित बराबरीमा रोकिएको हो । बराबरीपछि दुवै टिमले एक एक अंक बाँडेका छन् ।

यो बराबरीपछि झापा एफसी र वीरगन्ज युनाइटेड अझै जित विहिन भएका छन् । झापाको ४ खेलमा ३ अंक भएको छ भने वीरगन्ज युनाइटेडको ४ खेलमा २ अंक भएको छ ।

अब एनएसएल अन्तर्गत शनिबार दुई खेल हुने छन् । शनिबार पहिलो खेल काठमाडौं रेजर्स र बुटवल लुम्बिनी एफसीबीच हुने छ भने दोस्रो खेल धनगढी एफसी र स्पोर्टिंग इलामबीच हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *