जनताको समस्या सुन्ने पार्टी एमाले मात्रै : ओली

डिसी नेपाल
२६ मंसिर २०८० १४:३०
84
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या सुन्ने पार्टी एमालेमात्रै भएको दावी गरेका छन्।

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुन्ने पार्टी एमालेमात्रै रहेको र समस्याहरुको समाधान गर्ने बताएका हुन्।

उनले समृद्ध नेपाल सुखी नेपालीको संकल्प लिएर हिँडिरहेको एमाले दृढ संकल्पका साथ समृद्धिका लागि प्रतिवद्ध रहेको जिकिर गरे।

सडक निर्माण देखि अन्य पूर्वाधार निर्माणमा एमाले नेतृत्वको सरकारले साधारण काम गरेको उनले बताए। सुनकोशी मरिण डाइभरर्सनका कारण देखिएका समस्यालाई पनि समाधान गर्दै आयोजनालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *