नेपाली सेनालाई तहसनहस पार्ने डरलाग्दो खेल

डिसी नेपाल
२९ मंसिर २०८० ६:२८

काठमाडौं। नेपालको सरकार, संसद, अदालत र कर्मचारीतन्त्रसमेत विभिन्न घटनाक्रमहरुले विवादित बन्दै जनविश्वास गुमाएको अवस्थामा बाँकी रहेको नेपाली सेनालाई पनि तहसनहस पार्ने डरलाग्दो खेल खेलिएको छ।

तीब्र दवावका बीच मन्त्रिपरिषद्को बिहीबारकाे बैठकले रथी पदमा उपरथी अशोक सिग्देलको बढुवा गरेपछि तत्कालका लागि खेलाडीहरु ओइलाए पनि सैनिक अधिकृतहरुलाई प्रयोग गरेर नेपालको एकमात्र विश्वासयोग्य संगठित शक्ति नेपाली सेनालाई कमजोर पार्ने प्रयासले तिब्र गति लिएको थियो।

सिग्देलको रथी पदमा बढुवा नभएको भए सेनामा दुईवटै रथी पद खाली हुने अवस्था थियो। अर्का रथी सिताराम खड्का पनि अवकाशको लागि विदामा बसिससेका छन्। दुवै रथी पद खाली हुँदा र सो पदमा बढुवा हुने विवाद जारी रहँदा नेपाली सेनाभित्र नेतृत्व संकट आउने निश्चित प्राय थियो।

यो खेलमा सेनाभित्रकै आफूलाई अघि सार्ने तत्व, तिनलाई उचाल्ने विदेशी तत्व र युद्धकालीन तुष बोकेर सरकार चलाइरहेको माओवादी तत्वको फरक फरक संलग्नता रहेको छ। उच्च सैनिक स्रोतका अनुसार, ताराध्वज पाण्डेको उमेर विवाद निकलियो र उनलाई राजीनामा गर्न बाध्य पारियो।

रथी पदमा सिग्देलको हिजोको बढुवाले तत्कालका लागि खेलाडीहरुलाई चक्मा दिए पनि यो बढुवामा सेनाभित्र खेल्ने र भाँड्ने तत्वहरु होसियार हुनुपर्छ भन्ने केही विज्ञहरुको सरकारलाई पाठाएको सन्देशले समेत काम गरेको बताइएको छ।

पाण्डेले उमेर ढाँटेका थिए। तर, यसअघि पनि पटक पटक उनको उमेरसम्बन्धी कागजात परीक्षण भएको थियो। ती परीक्षणकर्ताहरु कानूनी कारवाहीको दायरामा आएनन्। पाण्डे पदमुक्त भए, अरुलाई केही भएन। पाण्डेपछि उपरथी अशोक सिग्देलको हल्ला चलाइयो।

उनका कागजातको परीक्षण पटक पटक भयो र बढुवा निर्णय हुन नदिन हरसम्भव प्रयास पनि। तर, सैनिक नेतृत्वको अडान र दवाव माओवादी नेतृत्वको सरकारले थेग्न सकेन र सिग्देलको हिजो बढुवा भयो।

यी सबै विवादहरु सेनाभित्र त्यो पनि विगतमा सैनिक सचिवालयमा बसेर सबै अधिकृतहरुको रेकर्ड हेर्ने जिम्मेवारी पाएका उच्च सैनिक अधिकृतको संलग्नतामा प्रकट भएको कुरा सेनाका सकल दर्जाले थाहा पाएका छन्।

आफूअघिका केहीलाई विवादमा पारेर सक्न पाए छिट्टै आफ्नो पालो आउँछ भन्ने महत्वाकांक्षा पालेर बसेका अधिकृतको यो हरकतको छानविन हुन्छ कि हुन्न समयले देखाउने छ।

सेनालाई अनुगृहित पारेर, म नभए सेनाको विजोक हुन्थ्यो भन्ने पारेर, भयानक सहयोग प्राप्त भयो भन्ने सन्देश दिएर अनिमात्र सैनिक नेतृत्वले गरेको सिफारिस कार्यान्वयन गर्न खोज्ने, आफू निकटका एक दुईलाई अघि सार्न पाए भविष्यमा सेनालाई हातमा पार्न पाइने सपना देख्ने माओवादी नेतृत्वका कारण पनि सेनाभित्र तिब्र चलखेल भएको हो।

यसमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री प्रचण्डको संलग्नताको सेनाभित्र खुबै चर्चा चल्ने गरेको छ। समयक्रममा यो खेलको पर्दा पनि खुल्ने विश्वास गरिएको छ।

माओवादीबाट सेना समायोजनमा परेका यामबहादुर अधिकारीको म्याद थपको सन्दर्भमा नेपाली सेनाले नै अधिकारीको पदावधि सकिन लागेकोले के गरौं भन्ने आशयको चिठी लेखेर सरकारलाई पठाउन बाध्य हुनु परेको घटना पनि धेरै पुरानो भइसकेको छैन।

सेनाभित्र बाल सैन्य भनेर चिनिन थालेका केही उच्च अधिकृतहरुको तछाडमछाडको चलखेल पनि विषम परिस्थिति ल्याउन उल्लेख्य भूमिका खेलेको छ। यो क्याटागोरीमा उमेर मिलाउने क्रममा भर्नाको समयमा अठार बर्ष नै नपुगेको देखिएका केही औंलामा गन्न सकिने जर्नेलहरु छन्।

चिनियाँ एपीसी नेपाली सेनालाई भिडाउन प्रयत्न गर्ने, यसको अदृष्य डिल गर्ने र आफू कोर्ट अफ इन्क्वाइरीमा पटक पटक परे पनि त्यसलाई चाकडी र पावरले छोप्न खोज्ने यो तत्व सेनाभित्र अझै बलवान छ। ‘थर’ एवं जाति पहिचानका आधारमा राष्ट्रपति रामचन्द्र पौडेललाई समेत प्रयोग गर्न सफल यो तत्वबारे सैनिक नेतृत्वले समयमै सोचेको देखिएको छैन।

रथी पदमा सिग्देलको हिजोको बढुवाले तत्कालका लागि खेलाडीहरुलाई चक्मा दिए पनि यो बढुवामा सेनाभित्र खेल्ने र भाँड्ने तत्वहरु होसियार हुनुपर्छ भन्ने केही विज्ञहरुको सरकारलाई पाठाएको सन्देशले समेत काम गरेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *