रिहा हुँदै बालकृष्ण खाण, बुझाए ३० लाखको बैंक ग्यारेन्टी

डिसी नेपाल
२९ मंसिर २०८० १२:२३
112
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले बैंक ग्यारेन्टी बुझाएका छन्।

शुक्रबार उनले अदालतको आदेश अनुसार नविल बैंकमार्फत जिल्ला अदालत काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका हुन्।

यस अघि मंसिर १५ गतेको सुनुवाइमा न्यायधीशद्वय प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएर खाणको हकमा तेस्रो न्यायाधीशसमक्ष पेस गर्न भनिएको थियो। सोहीअनुसार बिहीबार कृष्णराम कोइरालाको एकल इजलासले  ३० लाख धरौटीमा छाड्ने निर्णय गरेको हाे।

खाण पक्षका एक वकिलका अनुसार उच्च अदालतको आदेशबमोजिम शुक्रवार काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएपछि खाण रिहा हुनेछन। उच्च अदालतको आदेश जिल्ला अदालतमा दर्ता हुने र त्यसपछि धरौटी बुझाएर खाँण आजै रिहा हुनेछन्। कारागारबाट उनलाई सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केही बेर हाजिर गराउने पनि बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *