कलाकार प्रकाश पाठकको निधन
काठमाडौं। कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ। मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा उनको निधन भएको हो। मंगलबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ।
यसअघि चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले उनको पार्थीव शरीरलाई सङ्घको झन्डा ओढाएका श्रद्धाञ्जली अर्पण गरेका थिए।
उनले मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment