म्यानचेस्टर सिटीले जित्यो फिफा क्लब विश्वकप
काठमाडाैं। म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।
सिटीले पहिलो पटक क्लब विश्वकपको उपाधि हात पारेको हो। गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गरेको छ।
म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए। त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए ।
अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी पाँच पटक र बार्सिलोनाले तीन पटक जितेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment