एनएसएल दोस्रो क्वालिफायरः आज पोखरा र ललितपुरबीच प्रतिश्पर्धा हुँदै
काठमाडौं। जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटीबीच भिडन्त हुँदैछ। यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ।
पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग पराजित भए पछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो।
यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ। यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment