‘ह्युमन राइट्स कन्सर्ट’ जेनेभामा गुञ्जियो नेपाली गीत (भिडियोसहित)

डिपी शर्मा मैनाली
१२ पुष २०८० १०:५७

नेदरल्याण्ड्स। गएको डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’ स्विजरल्यान्डको जेनेभा स्थित अल हम्ब्रा थिएटरमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालीभाषीको प्रतिनिधित्व गर्दै भ्वाइस अफ नेपाल सिजन ४ बिजेता करण राई र स्रष्टा प्रकाश आङदेम्बे आमन्त्रित थिए।

संसारभरबाट आएका पाँचसय बढी दर्शकदिर्घा रहेको हलमा ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहेको थियो। पाँच पटक ग्रामी अवार्ड बिजेता एन्जेलिका कुडो, ओपेरा गायिका बारबरा हेन्ड्रिक्स, फ्रेन्च र्‍यापर एम सि सोलार, ग्वाटेमालाकी गायिका सारा कुरुचिच, प्यालेस्टानी मुलका डच डान्सर अहमेद जौद, युक्रेनी भ्वाइलोनिस्ट यलिजावेथ जाइटसेभा, पियानिस्ट आर्थर ली लगायतले आफ्ना कला प्रस्तुत गरेका थिए ।

गायक करण राईले प्रकाश आङदेम्बेको शब्दमा रहेको गीत “ताँती छन् अझ धेरै जिउनलाई रहरहरू” बोलको गीत मंचमा गाएका थिए । गायक राईले नेपाली गीत गाउदाँ पाश्र्वमा चारजना नर्तकहरूले नाचेका थिए भने स्क्रिनमा विभिन्न रङका लुङधर प्रोजेक्सन गरिएको थियो ।

सबै कलाकारहरूले आफ्नो एकल प्रस्तुति दिएपछि अन्त्यमा ‘ओगोलोग’ भन्ने गीतमा एन्जेलिका कुडोसँग सामुहिक प्रस्तुती दिएर कार्यक्रम समापन गरिएको थियो ।

“एउटा प्रतिभालाई नेपाल दखि अमेरिका हुँदै जेनेभाको यो विश्वस्तरीय मंचसम्म निरन्तर देख्न पाउनु मेरो जीवनको दुर्लभ अवसर हो । जहाँसम्म लाग्छ (मलाई थाहा नहुन पनि सक्छ।)ह्युमनराइटसका जेनेभामामा हुने आधिकारीक कन्सर्टमा नेपाली गायक र गीत गुन्जिएको सायद पहिलो हो । संगीत, कला र आत्मियता सिमानाभन्दा विसाल हुँदोरहेछ ।” कार्यक्रमका साक्षी साहित्यकार प्रकाश आङदेम्बेले भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *