वेस्ट ह्यामसँग आर्सनल २-० ले पराजित
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो।
वेस्ट ह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए।
यो वेस्ट हाम युनाइटेड यस सिजनमा १० औं जित हो। यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्ट ह्याम छैटौं स्थानमा उक्लिएको छ। त्यस्तै आर्सनलले भने यो हारपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। यो यस सिजनमा आर्सनलको तेस्रो हार हो । १९ खेलमा ४० अंकसहित आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ।
आर्सनलको हारपछि यसको फाइदा लिभरपुललाई भएको छ । लिभरपुल १९ खेलमा ४२ अंकसहित स्पष्ट २ अंकको अग्रतासहित शिर्ष स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment