दोस्रो टेस्टमा अस्ट्रेलियाले पाकिस्तानलाई दियो ३१७ रनको लक्ष्य

डिसी नेपाल
१३ पुष २०८० ८:२५
96
Shares

काठमाडौं। जारी दोस्रो टेस्ट क्रिकेट खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ३१७ रनको लक्ष्य दिएको छ।

टेस्टको चौथो दिन अस्ट्रेलिया आफ्नो दोस्रो इनिङमा २६२ रन बनाएर अलआउट भएपछि पहिलो इनिङमा ५४ रनको अग्रताको आधारमा पाकिस्तानले ३१७ रनको लक्ष्य पाएको हो।

अस्ट्रेलियालाई अलआउट गर्ने क्रममा पाकिस्तानी बलर शाहिन शाह अफ्रिदी र् मिर हाम्जाले ४-४ विकेट लिएका थिए भने अमर जमलले २ विकेट लिएका थिए।

यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ३१८ र पाकिस्तानले २६४ रन बनाएका थिए।

जारी तीन खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी रहेको छ र पाकिस्तानका अगाडि यो टेस्ट जितेर सिरिज बराबरी गर्ने अवसर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *