अल तावोउनमाथि अल नासरको ४-१ को फराकिलो जित

डिसी नेपाल
१५ पुष २०८० ८:३०
424
Shares

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल तावोउनलाई फाराकिलो अन्तरले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल नासरले अल तावोउनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

१-० गोलले पछि परेको अल नासरले खेलमा कमब्याक गर्दै फराकिलो जित हासिल गरेको थियो।

अल नासरको जितमा मार्सेलो ब्रोजोभिक आइमेरिक लापोर्टे, ओटाभियो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए। रोनाल्डोको यो गोलसँगै उनले २०२३ मा सर्बाधिक ५४ गोल गर्दै सर्बाधिक गोल गर्ने खेलाडी बनेका छन्।

त्यस्तै अल तावोउनका लागि खेलको १३औं मिनेटमा आसरफ एल माहडीओउइले गो गर्दै शुरुवाती अग्रता दिलाएका थिए। यो जितपछि अल नासरको लिगमा १९ खेलमा ४६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा स्पष्ट ७ अंकले पछाडी रहेको छ।

त्यस्तै अल तावोउनको भने यो हारपछि १९ खेलमा ३४ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *