प्रधानमन्त्री कप महिला टी-२० को फाइनलमा एपीएफ र कोशी भिड्दै

डिसी नेपाल
१८ पुष २०८० ६:३८
36
Shares

काठमाडौं। जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनलमा आज विभागीय टिम एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्।

यो खेल आज टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुँदैछ।

प्रतियोगितामा एपीएफ अपराजित हुँदै फाइनलसम्म पुगेको छ। लिग चरणमा सबै खेल जितेर शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो।

त्यस्तै पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

अब यस प्रतियोगितामा एपीएफ र कोशीबीच तेस्रो पटक भिडन्त हुँदै छ। यस अघिका दुवै भिडन्त एपीएफले जितेको थियो। लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो। अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *