रुडीगेरको गोलमा रियल म्याड्रिड विजयी
काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा खेलको ७८औं मिनेटमा एन्टोनियो रुडीगेरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यो रियल म्याड्रिडको यस सिजनमा १५औं जित हो। यो जितपछि १९ खेलमा ४८ अंकसहित रियल म्याड्रिड शिर्ष स्थानमा रहेको छ। त्यस्तै १९ खेलमा ४८ अंकसहित नै गिरोना गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ।
त्यसैगरी मल्लोर्काको भने १९ खेलमा १८ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment