प्रधानमन्त्री दाहालद्वारा राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजीनामा आज स्वीकृत गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले भारतीय बिदेश मन्त्री एस जयशंकरसँग शिष्टचार भेटवार्ता गरे लगत्तै उनको राजीनामा स्वीकृत भएको जानकारी दिइएको हो
प्रधानमन्त्रीका सचिवालयका अन्य सदस्यको ब्यबहारसँग असन्तुष्ट रहेका उनले काम गर्न र गराउन नसकेको भन्दै एक महिना अघि राजीनामा दिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment