काेशी प्रदेशकाे मुख्य न्यायाधिवक्तामा काेइराला नियुक्त
विराटनगर। कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश काेइराला आइतबार नियुक्त भएका छन्।
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन्। उनलाई आइतबार दिउँसाे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताएका हुन्।
माेरङको विराटनगर महानगरपालिका-९ का अधिवक्ता काेइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ माेरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत रहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment