एमालेले टुंगो लगायो सातै प्रदेशका राष्ट्रियसभा उम्मेदवार, कुन प्रदेशबाट को ? (सूचीसहित)

डिसी नेपाल
२२ पुष २०८० १७:१९
768
Shares

काठमाडौं। नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।

एमाले महासचिव शंकर पोखरेलले १९ सिटका लागि हुने राष्ट्रिय सभाको निर्वाचनमा  पार्टीबाट नाम टुंगो लागेको जानकारी दिए ।

जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) रहेका छन्।

यस्तै बागमतीबाट महिलामा रोचकुमारी चौलागाईं (दोलखा), अन्यमा त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुबराज विश्वकर्मा (धादिङ)  उम्मेदवार रहेका छन्।

यस्तै गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपांगता/अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु) र दलितबाट हिक्मत विक (दैलेख) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसैगरी सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)रहेका छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि सोमवार उम्मेदवारी मनोनयन हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *