राष्ट्रियसभाकाे उम्मेदवार पूजा चौधरीलाई बनाउने जसपाको निर्णय
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
केन्द्रीय कार्यालय आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए।
गत निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र (१) मा उम्मेदवार बनेकी उनी स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment