कोशी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालाले लिए शपथ

डिसी नेपाल
२२ पुष २०८० १८:३४
32
Shares

मोरङ। कोशी प्रदेशको नवनियुक्त मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले पद तथा गोपनियताको शपथ लिएका छन्।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेशप्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कोशी प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा(२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आज उक्त पदमा नियुक्त गरेका हुन्।

त्यस अवसरमा प्रदेशप्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *