राष्ट्रियसभा उम्मेदवारको नामावली प्रकाशन हुँदै

डिसी नेपाल
२६ पुष २०८० १०:१४
48
Shares

काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ। हिजो र अस्ति उम्मेदवारी माथी उजुरी र छानबिन प्रक्रिया सम्पन्न गरे पछि आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो।

फागुन २० गते रिक्त हुन गइरहेको २० राष्ट्रियसभा सदस्य मध्ये १९ जनाका लागि माघ १३ गते निर्वाचन हुदैँछ । एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।

राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए, जसमध्ये हिजो र अस्ति उजुरी दिन र छानबिन गर्नका लागि समय छुट्याइएको थियो।

उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ, सो प्रकाशित नामावलीमा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्।

भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *