जंगी अड्डामा नेपाली सेनाले मनायो पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस (तस्वीरसहित)
काठमाडौं। नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ। नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा विशेष कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो।

सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरे। ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस जंगी अड्डालगायत मुलुकभर एवं विदेशमा तैनाथ नेपाली सेनाको ईकाइमा विभिन्न कार्यक्रम गर्दै मनाइएको नेपाली सेनाले जनाएको छ।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment