सन्दीप जोराको शतकमा एपीएफले बागमतीलाई दियो २४२ रनको लक्ष्य

डिसी नेपाल
२९ पुष २०८० १४:०२
56
Shares

काठमाडौं। जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले बागमती प्रदेशलाई २४२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले सन्दीप जोराको शतकीय पारीको मद्धतले ५० ओभरमा ९ विकेट गुमाउदै २४० रन बनाएको हो।

केवल ४१ रनमा ५ विकेट गुमाएको एपीएफलाई सन्दीपले सम्हालेका थिए । सन्दीपले ११७ बलमा ११२ रन बनाएका थिए। त्यस्तै लोकेश बमले २७ रन बनाए भने अमर रौतेलाले २२ रनको योगदान दिएका थिए।

त्यसै गरी यस सिजनमा आर्मीबाट एपीएफमा आएका राष्ट्रिय टिमका कप्तान रोहित पौडेल भने यस खेलमा केवल २ रनमा आउट भएका थिए। त्यस्तै प्रज्वल शाहीले १०, आसिफ सेखले १५, सुमित महर्जनले ६, भुवन कार्कीले १० तथा अविनाश बोहोराले अविजित १८ रन बनाएका थिए।

त्यसैगरी बागमतीका बलर सुर्य तामाङले सर्बाधिक ३ विकेट लिए भने प्रतिष जिसी र रिजन ढकालले २-२ विकेट लिए। त्यस्तै सोनु देवकोटाले एक विकेट लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *