न्यायाधीश परशुराम भट्टराईले दिए राजीनामा
काठमाडौं। न्याय परिषद्बाट छानबिनमा परेका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।
न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवारदेखि लागू हुनेगरी आफ्नो राजीनामा बुझाएका न्याय परिषद् स्रोतले जनाएको छ। आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश डा.भट्टराईले शुक्रवार न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ।
धनुषामा न्यायधीश हुँदा व्यक्ति हत्याका आरोपीलाई सफाइ दिएपछि भट्टराईलाई परिषद् तानेर छानबिन भइरहेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment